विन्ध्यवासिनीमा फेला परेको नगदसहितको सामान सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता
पाेखरा | असार १४, २०८१
पोखरा: विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान प्रहरीले सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता गरेको छ ।
सामान फेला परेको सूचनापछि आज जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका भारतीय नागरिकलाई प्रहरीले सामान २ सातापछि फिर्ता गरेको हो ।
गएको जेठ ३१ गते विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान पोखरा रानी पौवा बस्ने सम्झना रानामगरले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएकी थिइन् ।

विन्ध्यवासिसिनी मन्दिरको पार्किङ क्षेत्रमा नगदसहित सामान फेला पारेर कास्की प्रहरीलाई बुझाएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता लैजान जेठ ३१ गते नै सूचना जारी गरेको थियो ।
प्रहरीले जारी गरेको सूचनाको पछि आज भारतीय नागरिक संकेत गोविन्द गुप्तालाई नगदसहितको सामान फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा साईड ब्याग, घडी, ईयरवट, डाटाकेवल, मनिवर्स, संकेत गोविन्द गुप्ता नाम गरेको भारतीय आधारकार्ड, स्थायी लेखा संख्य कार्ड र भारतीय नगद रु १० हजार ३ सय २० रुपैयाँ फेला परेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

